विदेशी निर्वाचन पर्यवेक्षकद्वारा मतदान केन्द्र अवलोकन
नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्र आज निर्वाचचको दिन अवलोकन गरेका छन्। रूस, बङ्गलादेश र श्रीलङ्काका निर्वाचन आयुक्तसहित नेपालका निर्वाचन आयोगका कर्मचारीहरूले मतदान केन्द्र पुगेर मतदान प्रक्रिया, व्यवस्थापन र सुरक्षा अवस्थाबारे अवलोकन गरेका हुन् । निर्वाचन आयोगका अनुसार नेपालले हरेक निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अवलोकनका लागि […]