नेपाली कांग्रेसका नेता एंव पूर्व प्रदेशप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपाली कांग्रेसका नेता एंव गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। शनिबार चितवनस्थित आफ्नै निवासमा उनको निधन भएको हो। ७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। गुरुङ वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। यसअघि गुरुङले नेपाली कांग्रेस सभापति र भूमि आयोग नवलपरासीको अध्यक्ष भएरसमेत काम गरेका थिए। […]