केन्याका नाई अफ्रिकाको सोसल मिडियामा
नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन्। झुपडीको काठको भित्तामा बेलचा, फलाम, कृषि कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्ने कुरा होइन, ग्राहकहरू कपाल काटाउन आएका हुन्छन्। “म केवल अपरम्परागत उपकरणहरू प्रयोग गर्छु”, मार्टिन्स मुस्कुराउँदै भन्छन्। उनले बेलचाको किनाराको धारलाई प्रयोग […]