‘जेन-जी’को पहिलो रोजाइ- ‘मौरिस हर्जोग’ पदमार्ग
स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालिको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरूसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कइन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरूसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेन–जी’ […]