तराईमा हुस्सु, उच्च पहाडमा हल्का वर्षा-हिमपात
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक […]