सुधनको बोलावटमा सशस्त्र र नेपाल प्रहरीका आइजीपी अहिले सिंहदरबार
गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षक (आइजीपी)लाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन्। उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि पुगेका छन्। दुवै […]