एसीसी यू १६ : इन्डोनेसियालाई ५० रनमै अलआउट गर्दै नेपाल सेमिफाइनलमा
विपिन प्रसाद शर्माको घातक बलिङ र प्रसिद्ध जैसीको शतकमा नेपाली युवा टोलीले एसिसि यू–१६ पुरुष इष्ट जोन कपमा इन्डोनेसियामाथि कीर्तिमानी जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको छ। प्रतियोगितामा अपराजित रहेको नेपाल लगातार तेस्रो जित दर्ता गर्दै अन्तिम चारमा पुगेको हो। […]