अन्तरिक्ष स्टेशनतर्फ उडान जुलाई ३१
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ अर्को अन्तरिक्षयात्री उडानको तयारी अन्तिम चरणमा पुगेको छ। नासाले आगामी जुलाई ३१ मा स्पेसएक्ससँगको संयुक्त अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। ‘क्रु–११’ नाम दिइएको यो उडान फाल्कन ९ रकेटमार्फत फ्लोरिडास्थित नासाको क्यानेडी स्पेस सेन्टरको प्रक्षेपण स्थल एलसी(३९एबाट प्रस्थान गर्नेछ। उक्त रकेटले क्रु ड्र्यागन “एन्डेभर” लाई पृथ्वीको निम्न कक्षमा लैजानेछ। […]