काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने
यही फागुन २१ गते हुने निर्वाचनको लागि आज-सोमबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको बताउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए । त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, […]