भारतीय कमेडियन कपिल शर्माले क्यानडामा खोलेको क्याफेमा गोली प्रहार
भारतीय कमेडियन (हास्य कलाकार) कपिल शर्माले क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा खोलेको क्याफेमा बुधबार राति गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ ४ दिनअघि जुलाई ७ मा क्याप्स क्याफे उद्घाटन गरेका थिए। मिडिया रिपोर्टअनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए। एनडीटीभीको रिपोर्टले खालिस्तानी आतंककारी हरजित सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ। […]