डिभाइन एलाइट फुटबल एकेडेमीको उद्घाटन
काभ्रेपलान्चोकको धुलिखेल–१२, बृकल्यान्डमा डिभाइन एलाइट फुटबल एकेडेमी (डिइएफए)को औपचारिक उद्घाटन भएको छ। नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडी दाजुभाइ जर्ज प्रिन्स र जिलेस्पी जंग कार्की सञ्चालक रहेको एकेडेमीलाई शिक्षा र खेलकुदको समन्वयमा आधारित बनाइएको बताइएको छ। एकेडेमीसँगै सञ्चालनमा रहेको डिभाइन लाइट स्कुलले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। एकेडेमीका अध्यक्ष गोपाल बहादुर कार्कीले आफूहरुका दुई […]