सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै यस्ता सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । आज बिहान फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै उहाले यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताउनुभएको […]