हनिमुन हत्या : पत्नी सोनमसहित ५ आरोपितलाई आज अदालत पेस गरिँदै
भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हत्या प्रकरणमा पक्राउ गरिएका उनकै नवविवाहित पत्नी सोनमसहित ५ जनालाई प्रहरीले उत्तर प्रदेशको गाजीपुरबाट मेघालयको शिलोङ ल्याएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मेघालय प्रहरीले उनीहरूलाई हिजो मंगलबार राति अबेर शिलोङ ल्याइपुर्याको हो। सबै जनालाई आज अदालतमा पेस गरिने बताइएको छ। यसपछि प्रहरीले उनीहरूलाई घटनास्थलमा लानेछ र प्रमाण संकलन गर्नेछ। […]