उपसभामुखद्धारा मधेश प्रदेशको सभा चौरमै
उपसभामुख बबिताकुमारी राउतले सभामुखमाथि अविश्वास प्रस्ताव दर्ता भइसकेकाले प्रक्रिया अघि बढाउन चौरमै प्रदेशसभा बैठक संचालन गरेकी छन्। उनले अविश्वास प्रस्ताव दर्ता भएपछि सभामुखले सांसदहरूलाई पदमुक्त गर्न नपाइने स्पष्ट गरेकी छन्। यसैबीच मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति र सभामुखविरुद्ध सात राजनीतिक दलले निरन्तर आन्दोलन गर्दै जनकपुरमा प्रदर्शन गरेका छन्। उनीहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको र सभामुखले पदीय […]