कञ्चनपुरस्थित माओवादीको पार्टी कार्यालयमा कुटाकुट
कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेताबीच पार्टी कार्यालयमै कुटाकुट भएको छ। आज आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा विद्यार्थी संगठनको छलफल चलिरहेका बेला माओवादीको भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्ट र अखिल क्रान्तिकारी सुदूरपश्चिमका प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच कुटाकुट भएको हो। छलफल चलिरहेको बेला पूर्वरिसिबी पोखी अखिल क्रान्तिकारी प्रदेश इन्चार्ज भट्टमाथि […]