बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा कम
काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ। शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम हिजो शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज आइतबार थप घटेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो। अब दिनप्रतिदिन चिसो बढ्दै जाने महाशाखाले जनाएको छ । यसैगरी मौसम […]