आज अमेरिकी डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा छ। […]