नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हरायो
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ । नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९।२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो ।