जितका लागि अमेरिकाविरुद्ध नेपालले पायो २६३ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स ९यूएई० सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ। यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको हो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए। […]