टीपीएस अन्त्य ७ हजार नेपाली अमेरिकाबाट फिर्ता हुने
अमेरिकाको संघीय पुनरावेदन अदालत नेपालसहित तीन देशबाट आएका आप्रवासीको निर्वासन सुरक्षा अर्थात् टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयका पक्षमा उभिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष हजारौँ नेपाली, होन्डुरान र निकारागुआन नागरिकको टीपीएस समाप्त गर्ने निर्णय गरेको थियो। टीपीएसअन्तर्गत उनीहरूले कानुनी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति पाइरहेका थिए। […]