निर्वाचन तयारी पूरा तर डिजिटल आचारसंहिता उल्लंघन बढ्दो
निर्वाचन पूर्व पर्यवेक्षणमा संलग्न संस्थाहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। शनिबार चारवटा निर्वाचन पर्यवेक्षक संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै निर्वाचन सुरक्षा, जनशक्ति, सामग्री तथा पर्यवेक्षण व्यवस्थापनको काम सम्पन्न भइसकेको बताएका हुन् । संयुक्त विज्ञप्तिअनुसार देशभर एकीकृत सुरक्षा संयन्त्र परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल […]