वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति
पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार स्थानीय मदन प्रसाद […]