प्रतिनिधि सभा : सर्वोच्च पुगे तीनवटा रिट
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको बताए। ‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले भने। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो। पहिलो दिन नै अदालतमा रिट पेस भएको हो। प्रतिनिधि सभा […]