आज साउनको अन्तिम सोमबार
साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस महिना शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ । […]