दयाहाङलाई मिल्यो ‘पेन्सनपट्टा’
माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। यो उनीहरुको दोस्रो सहकार्य हो। यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकीय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए। दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन्। […]