सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजत, स्वीकृतिपत्र, नवीकरण लगायत […]