न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन् । आज आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् । प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त […]