डिशहोमको रमाइलोमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने
नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ। यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ। ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए। […]