७७ औं गणतन्त्र दिवस-उपराष्ट्रपति भारतीय दूतावास जाँदै
उपराष्ट्रपति रामसहाय प्रसाद यादव काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास जाने कार्यक्रम तय भएको छ । उहाँ आज सोमबार बिहान साढे ८ बजे आफ्नो सरकारी निवास लैनचौरबाट त्यहाँ जाने बताइएको छ । भोलि भारतले ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । सो अवसरमा दूतावास परिसरभित्रै आयोजना गरिने कार्यक्रममा उपराष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागिएको हो ।