झापामा १ सय सामुदायिक कुकुरलाई सम्मानसहित रेबिजविरुद्धको खोप
जोखिम न्यूनीकरणका लागि झापाको मेचीनगरका एक सय सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप र घाँटीमा चम्किलो फित्ता (रिफ्ल्याक्टिभ कलर) लगाइएको छ। रोटरी क्लब अफ मेचीनगर र रोक्ट्रयाक्ट क्लब अफ मेचीनगरले सोमबार धुलाबारीलगायत बजार क्षेत्रका सामुदायिक कुकुरलाई सम्मान स्वरुप खाना र खोप दिएर चम्किलो फित्ता लगाइएको हो। कुकुर तिहारको सन्दर्भ पारेर यहाँ खोप लगाएर खानेकुरा दिएर सम्मानसमेत गरिएको […]