जाँचबुझ आयोगका पदाधिकारीको घरमा सुरक्षा कडा
जेन-जी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीको घरमा सुरक्षा सतर्कता बढाइएको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको छानबिन गर्न निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारी सदस्य […]