तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान
तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ । प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन् । एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ […]