श्रावणको तेश्रो सोमबार : शंखमुलको शिव मन्दिरमा भक्तजनहरु
साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकामा रहेको शंखमुलको शिव मन्दिरमा पनि हरेक सोमबार भक्तजनहरु पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।