सुमेधा एयर वायुसेवा सञ्चालनको इजाजतपत्र
सुमेधा एयरले वायुसेवा सञ्चालनको इजाजतपत्र पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सुमेधा एयरले हेलिकप्टर सञ्चालनको इजाजतपत्र पाएको हो। सुमेधाले हिजो बुधबार नै वायुसेवा सञ्चालनको इजाजतपत्र लिएर गएको पर्यटन मन्त्रालयले जनाएको छ । सुमेधाले मन्त्रालयबाट इजाजतपत्र लिएकोले अब उसले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्छ । […]