रास्वपाले ‘प्राइमरी’ भोटिङकै धज्जी उडाएको भन्दै तोसिमा कार्कीको असन्तुष्टि
राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर पार्टी नेतृत्वको आलोचना गर्ने क्रम बढ्दै गएको छ। रास्वपाकी नेता तोसिमा कार्कीलेसमेत पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा उनले पार्टीले समानुपातिक प्रणालीको अवधारणाविपरीत सूची पेस गरेको आरोपसमेत लगाएकी छन्। ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, […]