किड्जी प्रि-स्कुलद्वारा भैँसेपाटीमा आयोजित वाकाथन कार्यक्रम सम्पन्न
ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि-स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त कार्यक्रममा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक-शिक्षिकाहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको […]