संखुवासभाबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
संखुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उनको उद्धार गरिएको हो। अत्यधिक रक्तस्राव भई खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला […]