एमबियूएसटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदमू शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्। उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्। […]