काउन्सिलले भारतीय डा.पंकजकुमारलाई गर्ने भयो कारबाही
भारतीय क्यान्सर रोग विशेषज्ञ डा.पंकजकुमार बर्मन नेपालमा अवैध रूपमा चिकित्सा अभ्यास गरिरहेको पुष्टि भएको छ । नेपाल मेडिकल काउन्सिलको छानबिनमा लाइसेन्स नवीकरण नगरेका बर्मनले चितवन मेडिकल कलेजमा नियमित रूपमा उपचार सेवा दिइरहेको पाइएको हो । विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने नेपाल मेडिकल काउन्सिलको समितिले (एफएनडी) बर्मनमाथि अनुशासनात्मक कारबाहीको निर्णय गरेको छ । समितिका अध्यक्ष डा. […]