स्थानीय उत्पादन प्रोत्साहन मार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित उद्यममा कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । “वर्तमान सरकारले ल्याएको बजेटमा उद्यमशिलतालाई प्राथमिकता दिइएको […]