विश्वकपबाट बाहिरियो टर्की, पाराग्वे १–० ले विजयी
लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको समूह डीको दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की विश्वकपबाटै बाहिरिएको हो। खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले गरेको गोलले नै अन्तत पाराग्वे विजयी भएको हो। फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको […]