पौडी खेल्ने क्रममा बालक बेपत्ता
बागमती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। काठमाडौं महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम बेपत्ता भएका हुन्। हिजो (भदौ ७ गते) दिउँसो साढे २ बजे नदीमा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले […]