मौद्रिक नीति विशेष विदेश भ्रमण जाने व्यक्तिहरुको डलर सटहीको दायरा बढ्ने
भारतबाहेकका अन्य मुलुक भ्रमण जाने व्यक्तिहरुले डलर सटहीको दायरा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले अब विदेश भ्रमण जाने नागरिकको लागि ३ हजारसम्म अमेरिकी डलर सटही सुविधा लागु गरेको छ । केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा डलर सटही सुविधा दुई हजार पाँच सयबाट तीन हजार अमेरिकी डलर पुर्याएको छ ।