बुद्ध जयन्तीमा शान्ति पदयात्रा
बुद्ध जयन्तीका अवसरमा ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत शान्ति पदयात्रा गरिने भएको छ । शान्ति पदयात्रा काभ्रे सेवा समाज संस्थाद्वारा यही वैशाख २९ गते आयोजना गर्न लागिएको हो । पदयात्राले शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न […]