मतगणनास्थल बलियो जाली र सिसी क्यामेरा
हिमालपारिको जिल्ला मुस्ताङमा मतगणनास्थल तयार पारिएको छ। सदरमुकाम जोमसोममा रहेको जिल्ला समन्वय समितिको हललाई तारजालीले घेरेर मतगणनाका लागि तम्तयार अवस्थामा राखिएको छ। यसबाहेक, सिसीक्यामेराको व्यवस्था पनि गरिएको छ। निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवाली भन्छन्, ‘मान्छेहरू उक्लिएर गणनास्थलमा छिर्न नसक्ने गरी जाली लगाइएको छ। अब थप सिसी क्यामेरा जोड्दैनौँ। मतपेटिका आइसकेपछि गणना सम्पन्न नहुँदासम्म यसको सुरक्षा […]