गाजामा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु
अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको एक क्याफेमा भएको इजरायली हमलामा कम्तिमा २० जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले त्यहाँबाट २० शव बाहिर निकालेका छन्। अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा घाइते भएका थुप्रैको उद्धार गरिएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ। ‘अन्य स्थानमा इन्टरनेटको अभाव भएका कारण म इन्टरनेट प्रायोजनकै […]