लुम्बिनीमा चिनियाँ भाषा सिक्दै भारतीय

लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरको परीक्षामा भारतीय विद्यार्थी बढ्दै गएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले गत वर्षदेखि चिनियाँ भाषा परीक्षा लिन थालेको छ । विश्वविद्यालयको देवदह शिक्षा विकास परियोजनाअन्तर्गत देवदहमा भाषा परीक्षा लिइन्छ । चिनियाँ भाषा परीक्षा दिनेमध्ये झण्डै आधा भारतीय विद्यार्थी छन् ।

चिनियाँ भाषा अध्यापन हुनेहरुमा विश्वभाषा क्याम्पस, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमध्ये भारतीय विद्यार्थीहरु जसले चिनियाँ भाषाको लागि सबैभन्दा धेरै बौद्धमै रहेको तत्थ्यांकले देखाएको छ ।

परियोजना निर्देशक डा. कुमार एचएसके परीक्षामा सहभागी ७२विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको बताए । भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरू परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन्। एचएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरको छ ।

लुम्बिनीमा भाषा परीक्षण शुरु भएपछि दुई देशका विद्यार्थीलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको चिनियाँ भाषा विषय समितिले जनाएको छ ।