भोली सम्म निष्कर्षमा पुग्ने गरि महासंघ संग चरणवद्ध वार्ता जारी छ : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरु र सामुदायिक विद्यालय व्बस्थापन समिति महासंघका प्रतिनिधिहरु संग कुरा गर्दै सोमबार यताका पटकरपटकका वार्तापछि सरकार,संयन्त्र ,राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेका उहाँले बताउनुभयो ।

आन्दोलनरत शिक्षक भोलीसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रुपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ, महरले भन्नुभयो ।

कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले सोमबार शिक्षक नेताहरूसँगको भेटमा राजनीतिक दल माग सम्बोधनमा सकारात्मक रहेकाले आजभोलीमै परिणाम निस्कने बताउनुभयो ।

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज(भोलि नै मन्त्रिपरिषद् बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले उल्लेख गर्नुभयो ।

कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ। नेपाल शिक्षक महासंघका प्राय एजेन्डा मन्त्रिपरिषद्‍बाट सम्बोधन हुने र शिक्षा ऐन यथासक्य छिटो पारित गर्ने प्रतिवद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,ु उहाँले बताउनुभयो ।

शिक्षकको सम्मान हुने गरी शिक्षा भित्रका थुप्रै समस्या भोलीसम्म सम्बोधन हुने महरको दाबी छ। यसले शिक्षाभित्रको गतिरोध हटेर जाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । गुणस्तरिय शिक्षा प्राप्तिकालागि शिक्षक ,विद्यार्थी,अभिभाकर सरकार सवैले आआफ्नो कर्तव्य पालना गर्नु समेत महरको भनाई छ ।

यस्तै, सोमबार राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए। यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी नै राख्नुभएको छ ।