शिक्षक आन्दोलनले धनी धुण्डीराज

६ महिना अघि मात्र बिजुलीबजार आएर होटल चलाउनुभएका अर्घाखाँचीका धुण्डीराज पोखरेलले शिक्षक आन्दोलनमा आएका शिक्षकहरुलाई खानारखाजा खुवाएर एक महिनामा करिब ९ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

यहि एक महिनामा थप सात जनालाई होटलमा रोजगारी पनि दिइरहनुभएको छ । अरु बेलामा ठिकठाकै आम्दानी भएपनि शिक्षक आन्दोुलनका कारण राम्रो आम्दानी भैरहेको उहाँ बताउनुहुन्छ ।

शिक्षक आन्दोलनले व्यापार बढेकोमा उहाँ खुसीसँगै बधाई खाइरहनुभएको छ । तर उहाँले यो समयमा आम्दानी बढेपनि आन्दोलन राम्रो नभएको उहाँले बताउनुभयो ।

त्यस्तै पोखरेलले केहि कूरा माग गर्न सडक आन्दोलनले सर्वसाधारणलाई असहज हुने र विद्यार्थीको अध्ययन अध्यापनमा समेत असर हुने भएकाले नीति नियम अनुसार माग राख्नु उचित भएको बताउनुभयो ।