राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक सेमिनार आयोजना गर्ने भएको छ।
सेमिनार वैशाख १८ गते बेलुका ८ बजे जुममार्फत सञ्चालन हुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य व्यवसायी, बजार विज्ञ र सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० क्षेत्रका पेशेवरहरूलाई डिजिटल मार्केटिङका पछिल्ला प्रचलन र प्रभावकारी रणनीतिहरूबारे जानकारी गराउनु हो।
टेक ब्लगर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजना हुने यस वेबिनारमा त्द्यब्ल् का संस्थापक तथा डिजिटल मार्केटिङ विज्ञ आभास अधिकारीले प्रमुख वक्ताको रूपमा प्रस्तुति दिने कार्यक्रम छ ।
अध्यक्ष श्रेष्ठले यो कार्यक्रम डिजिटल सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम भएको बताउनुभएको छ ।
क्यान महासंघ बागमती प्रदेशका सचिव सुदीप घिमिरेले बागमती प्रदेशका सबै १० वटा जिल्ला शाखाका सदस्यहरूलाई यस कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन र डिजिटल मार्केटिङका नवीनतम विधि तथा प्रविधिहरू बारे ज्ञान हासिल गर्न आग्रह गर्नुभएको छ ।